शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डविरुद्ध नाराबाजी गर्नेले धरौटी तिरेनन्, कारागार चलान

सोमबार, १३ चैत २०७९, १५ : १७
सोमबार, १३ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्ने ३ जनाले धरौटी रकम नतिरेपछि कारागार चलान गरिएको छ । बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आइतबार उनीहरूलाई जनही ५ हजार धरौटीमा छाड्ने निर्णय गरेका थिए । तर, उनीहरूले धरौटी रकम नतिरेपछि कारागारमा थुनामा पठाएको डिएसपी भट्टले बताए ।

७ चैतमा काठमाडौँको बानेश्वरबाट प्रचण्डबिरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरू विरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको थियो । ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा ३ जनाले प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका थिए । उनीहरू ‘स्वतन्त्र युवा अभियन्ता समूह’का सदस्य हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप