शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक रूपमा १ करोड ५६ लाख नेपाली सक्रिय, ५८ हजारको कुनै टुङ्गो लागेन

सोमबार, १३ चैत २०७९, १५ : ५६
सोमबार, १३ चैत २०७९

काठमाडौँ । आर्थिक रूपमा १ करोड ५६ लाख ८९ हजार ७ सय ७७ जना नेपाली सक्रिय रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय जनगणना, २०७८ ले १० वर्ष वा सोभन्दा माथिका कूल २ करोड ३९ लाख ५८ हजार ८६८ जनामा गरेको अध्ययनले यस्तो देखाएको हो । जुन कूल सङ्ख्याको ६५.५ प्रतिशत हो ।

जसमध्ये ३४.३ प्रतिशत अर्थात् ८२ लाख ११ हजार १२ जना नेपालीहरू भने आर्थिक रूपमा निष्क्रिय रहेको देखिएको तथ्याङ्कले देखाएको छ । भने, कूल सङ्ख्याको ०.२४ प्रतिशत अर्थात् ५८ लाख ७९ जना भने आर्थिक रूपमा सक्रिय वा निष्क्रिय कुन अवस्थामा रहेको सो नखुलेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । काम नगरेका र आर्थिक काम नखोजेका व्यक्तिहरू आर्थिकरुपले निष्क्रिय जनसङ्ख्या अन्तर्गत पर्दछन् । 

सन्दर्भ अवधिमा कुनै पनि आर्थिक काम गरेको वा आर्थिक काम खोजेको समयको जोड ६ महिना वा सोभन्दा बढी भएका व्यक्तिहरूलाई अक्सर आर्थिकरुपले सक्रिय जनसङ्ख्या मानिएको छ । त्यसैगरी आर्थिक काम गरेको र आर्थिक काम खोजेको महिनाको जोड ६ महिना भन्दा कम भएमा त्यस्ता व्यक्तिलाई अक्सर आर्थिकरुपले निष्क्रिय जनसङ्ख्या मानिन्छ ।

कम्तीमा ६ महिना काम गरेका वा पूर्ण समय काम खोजेका सबै व्यक्तिहरू स्वतः अक्सर आर्थिकरुपले सक्रिय जनसङ्ख्यामा पर्दछन् । यसै गरी ६ महिना भन्दा कम समय काम गरेको र आर्थिक काम नखोजेको व्यक्तिहरू स्वतः अक्सर आर्थिक रुपले निष्क्रिय जनसङ्ख्यामा पर्दछन् । 

३ देखि ५ महिना काम गरी आशिक रूपमा काम खोजेका व्यक्तिहरूलाई अक्सर आर्थिकरुपले सक्रिय अन्तर्गत र ३ महिनाभन्दा कम काम गरी आंशिक रूपमा काम खोजेका व्यक्तिहरूलाई अक्सर आर्थिक रुपले निष्क्रिय मानेर वर्गीकरण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप