बारा–२ उपनिर्वाचन : कांग्रेसबाट राधेचन्द्र यादवको एकल नाम सिफारिस

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले संविधानसभाका पूर्वसदस्य राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बारा निर्वाचन क्षेत्र नं २ मा रिक्त प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि यादवको एकल नाम सिफारिस गरेको हो ।
यसअघि हिजो आइतबार बसेको नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय कार्यसमितिले यादवको एकल नाममा सर्वसम्मत रूपमा निर्णय गरेर जिल्ला कार्यसमितिमा पठाएको थियो । क्षेत्रको सिफारिसका आधारमा जिल्ला कार्यसमितिले आज निर्णय गरेर यादवको नाम मधेस प्रदेश कार्यसमितिलाई पठाइएको छ ।
जिल्ला सभापति राजेश राय यादवद्वारा हस्ताक्षर गरिएको सो निर्णय पत्रको बोधार्थ नेपाली कांग्रेसका केन्द्रीय सभापति र केन्द्रीय कार्यालयमा समेत पठाइएको छ । राधेचन्द्र यादव २०५१ सालमा प्रतिनिधि सभा सदस्य, २०७० सालमा संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ४ कार्यकाल बारा जिल्ला सभापति समेत हुन् । यादव नेपाली कांग्रेसभित्र पुराना र इमानदार नेता मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुग्यो
-
नागरिकता विधेयक प्रमाणीकरणबारे कांग्रेस : राष्ट्रपतिबाट संसद् र संविधानको सम्मान र संरक्षण भयो
-
टर्कीमा एर्दोगान तेस्रोपटक राष्ट्रपति : शनिवार लिए सपथ
-
तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
-
जनकपुरमा मैथिली इतिहास, भाषा र सहित्यमाथि ‘विमर्श’ हुने
-
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले जगायो आशा