१२.८ प्रतिशत परिवार भाडामा बस्ने तथ्यांक

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ६६ लाख ६० हजार ८ सय ४१ परिवार मध्ये ६.० प्रतिशत परिवारहरू आफ्नै घरमा बस्ने पाइएको छ । यस्तै १२.८ प्रतिशत परिवार भाडामा बसिरहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।
२०६८ सालको जनगणनामा भने ५.२६ प्रतिशत परिवार आफ्नै घरमा र १२.१ प्रतिशत भाडामा बस्ने तथ्यांक थियो । हालको गणनाअनुसार ०.६ प्रतिशत परिवारहरू संस्थागत एकाइमा अर्थात् तिनीहरू कुनै संस्थाले प्रयोग गर्न दिइएको आवासीय एकाइमा र ०.७ प्रतिशत परिवार अन्य प्रकारको स्वामित्वको एकाइमा बसोबास गरेको देखिन्छ ।
प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा सबैभन्दा बढी ९६.६ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेको देखिन्छ भने बागमती प्रदेशमा सबैभन्दा कम ६९.२ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेको देखिन्छ । भाडामा बसोबास गर्ने परिवारको संख्या बागमती २९.६ प्रतिशत छ भने मधेश प्रदेशमा २.३ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : मन्त्री बस्नेत
-
एक वर्षमा ७६६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, एक अर्ब सतहत्तर करोड मागदाबी
-
अख्तियारमा एक वर्षमा झण्डै २१ हजार उजुरी
-
एमाले कोशी प्रदेश अधिवेशन : १२ घण्टा पछि मतगणना सुरु
-
सातै प्रदेशमा लगानी सम्मेलन गर्ने उद्योग वाणिज्य महासङ्घको निर्णय
-
निर्माता रामप्रसाद रिजाल अस्पताल भर्ना