बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

मङ्गलबार, १४ चैत २०७९, १० : ५६
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको १ अर्ब ९३ करोड रुपैयाँ बढी पैसा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आगामी वैशाख २ गतेदेखि २०८१ वैशाख २ गतेसम्म १ वर्षका लागि क, ख र ग वर्गका बैङ्कहरूमा कूल १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले चैत १७ गतेसम्म निक्षेपका लागि राष्ट्र बैंकमा निवेदन दिन सक्नेछन् । 

सूचना अनुसार कूल रकम मध्ये क वर्गको वाणिज्य बैङ्कहरूमा १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बचत गरिनेछ भने ख वर्गको विकास बैङ्कहरूमा २९ करोड ४ लाख रुपैयाँ र ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ९ करोड ६८ लाख रुपैयाँ बचत गरिने बैंकले जनाएको छ । 

तर, यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम हुनुपर्ने सर्त लागू हुने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप