नयाँ न्यूनतम साझा कार्यक्रमको ‘ड्राफ्ट’ १० दलको बैठकमा पेस
काठमाडौँ । १० दलीय सत्ता गठबन्धनको बैठकमा सरकारको नयाँ न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट प्रस्तुत गरिएको छ । सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले बैठकमा ड्राफ्ट प्रस्तुत गरेका हुन् ।
उक्त ड्राफ्ट साझेदार सबै दललाई वितरण गरिएको र त्यसमा दलले आन्तरिक छलफल गरेपछि थपघट गर्ने सहमति भएको नेपाल समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिए । यसअघि प्रचण्ड नेतृत्वमै एमालेसहितको सरकार हुँदा पनि साझा कार्यक्रम ल्याइएको थियो । तर, गठबन्धन परिवर्तन भएसँगै उक्त कार्यक्रम खारेज गरेर नयाँ ल्याउन लागिएको हो ।
यादवका अनुसार बैठक बुधवार बिहान ९ बजे फेरि बस्नेछ ।
यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी गरेको छ । यस्तै जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालयमा आफ्नो दाबी पेस गरेको छ भने लोसपाले २ वटा मन्त्रालय मागेको छ ।
बैठकमा दाबी प्रस्तुत गर्ने कार्य भएको र बुधवार थप छलफल गरेर सहमतिमा पुग्ने गरी आजको बैठक सकिएको नेताहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता