मिटरब्याजी पीडितको माग सरकारले पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् ।
मिटरब्याज पीडितमाथि अन्याय भएको उल्लेख गर्दै उनले मिटरब्याजका नाममा हुने शोषणको अन्त्य गरी सरकारले पीडितका माग पूरा गनुपर्ने बताए । पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गरेको भन्दै उनले आफूले पनि माग पूरा गर्न सक्दो सहयोग गर्ने आश्वासन दिए ।
मिटरब्याजीले समाजमा गरिब वर्गलाई गर्ने शोषणले गर्दा जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा नहुने नेता खनालले विचार व्यक्त गरे । यसैबीच नेकपा (एकीकृत समाजवादी) ले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही