एआईजीहरुको पदस्थापन, कसले पाए कहाँको जिम्मेवारी ?
बुधबार, १५ चैत्र २०७९, २२ : ३६

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त एआईजीहरुको पदस्थापन भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हालै बढुवा भएका ४ एआईजीहरुको पदस्थापन गरेको हो ।
जसअनुसार एआईजी दीपक थापाले प्रशासन विभाग, श्यामलाल ज्ञवालीले उपत्यका प्रहरी कार्यालय, टेक प्रसादराईले प्रहरी प्रशिक्षण प्रतिष्ठान र किरण बज्राचार्यले केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मेवारी पाएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उनीहरु आईजीपी वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए ।
बढुवा भएपनि उनीहरु आईजीपी बन्नबाट भने रोकिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नो विन्टर होलिडेज’लाई अजरबैजानमा अवार्ड
-
कारमाथि चढेर व्यस्त सडकमै जब एक जनाले ‘फिल्मी शैली’मा पैसा उडाउन थाले...
-
हिमालयन बैंकद्वारा न्युरोडमा भवन निर्माण शिलान्यास
-
५ हजार ९३८ जना प्रहरी जवानहरुको सरुवा (सूचीसहित)
-
विद्यार्थीहरु विदेश पलायनबारे गहिरो अध्ययन गरौँ : शिक्षामन्त्री
-
कास्कीमा नयाँ उद्योग दर्ता घट्यो