सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर बजार सामान्य अङ्कले बढेको छ । कारोबार समयदेखि घट्न थाले पनि अन्तिम समयमा सामान्य सुधार हुँदै १.०२ अंकको वृद्धिसँगै नेप्से परिसूचक बन्द भएको हो ।
०.०५ प्रतिशत बढेसँगै नेप्से परिसूचक १९१९ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २५ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । यसअघि, नेप्सेमा एक अर्ब रुपैयाँभन्दा धेरैको कारोबार हुँदै आएको थियो ।
नेप्से सामान्य अङ्कले बढ्दा १५ वटा कम्पनीको सेयर स्थिर रहेको छ । यस्तै, ११४ वटा कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । नेप्से परिसूचक १ अङ्कले बढ्दा ५ वटा समूहको सेयर मूल्यमा सुधार आएको छ । यसबाहेक, अन्य सबै समूह घटेका छन् ।
आज सुपरमाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै ५२० रुपैयाँ पुगेको छ । यो कम्पनीको सेयर मूल्य आजै ४७ रुपैयाँले बढेको हो । यस्तै कालिञ्चोक दर्शनको सेयर मूल्य समेत ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १८२ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : मन्त्री साउद
-
बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’
-
चिनियाँ तीन यात्री अन्तरिक्ष प्रस्थान
-
बालेन शाहको सांसदलाई व्यङ्ग्य : सांसद विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो
-
गणतन्त्रवादी रामराजाप्रसाद सिंहको त्यो राजतन्त्रविरोधी आवाज
-
प्रधानन्यायाधीश लगायतका नियुक्तिका लागि सुनुवाइ छिटो गर्नुपर्नेछ : सभामुख घिमिरे