प्रादेशिक अस्पताल जनकपुरमा मुख्यमन्त्रीले गरे अनुगमन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधामको सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा बाधक हुने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले मंगलबार राति जनकपुरधाम प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन गर्दै यस्तो चेतावनी दिएका हुन् । कार्यालय सहयोगीको भरमा ल्याबमा विभिन्न परीक्षण भएको खबर प्रकाशमा आएपछि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको सेवा प्रवाह सुधार गर्न चासो देखाएका हुन् ।
उनले मंगलबार राति ११ बजेतिर प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक कक्ष लगायत अन्य कक्षको अनुगमन गरे । अनुगमनको क्रममा ड्युटीमा रहेका चिकित्सक र कर्मचारीहरुलाई बिरामीको उपचारमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने बताउँदै उनले सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिए । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधामको सेवा प्रवाहमा लापरबाही भएको जनगुनासो बढ्दै गएपछि मुख्यमन्त्री यादवले अनुगमनसहित त्यहाँका कर्मचारीलाई निर्देशन दिएका हुन् ।
‘चिकित्सकले लापरबाही गरे बिरामी कहाँ जाने ?’ उनले भने, ‘डाक्टर भगवानको रुप हो भन्ने कुरा व्यवहारमा उतारेर देखाउनुपर्छ । काम गर्न नचाहने डाक्टरसाबहरु अन्यत्र जान सक्नुहुन्छ ।’ सरकारी सेवा सुविधा लिने डाक्टरहरुले सरकारकै काम गर्नुपर्ने उनको भनाइ थियो । प्रादेशिक अस्पतालले गुमाएको साख जोगाउनका लागि डाक्टरसहित अन्य कर्मचारीहरु पनि प्रतिबद्ध भएर काम गर्नुपर्नेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नुहुनेछ : प्रचण्ड
-
गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
-
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा स्वागत, तस्बिरहरू हेर्नुहोस्
-
यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु