आरोप प्रमाणित गर्न गोलबजारका मेयरको चुनौती

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता तथा कार्यकर्तालाई चुनौती दिएका छन् ।
सो पार्टीका कार्यकर्ताले मेयर श्रेष्ठमाथि लघुवित्तमार्फत गरिब जनतालाई उठिबास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा एक करोड ५२ लाख ब्रम्हलुट गरेको लगायतका आरोप लगाउँदै मंगलबार कार्यालयमै मोबिल छ्यापेका थिए ।
बुधबार पत्रकार सम्मेलन गर्दै मेयर श्रेष्ठले आफूमाथि झुटा आरोप लगाइएको भन्दै ती आरोप प्रमाणित गर्न चुनौती दिए । उनले मोबिल छ्याप्ने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासनसमक्ष मागसमेत गरे ।
उनले तत्काल घटनाका दोषीहरुलाई पक्राउ गरी प्रहरीले कारबाही नगरे आन्दोलन हुने चेतावनीसमेत दिए ।
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला मेयर श्रेष्ठमाथि एक जना अपरिचित व्यक्तिले केही कागज दिएजस्तो गरिरहेकै बेला सँगै आएका अर्को व्यक्तिले कालो मोबिल खन्याएका थिए ।
सो घटनाको विरोधमा बुधबार बिहान नेकपा एमालेका कार्यकर्ताले नाराबाजी गर्दै एक घण्टाभन्दा बढी पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजारमा सडक अवरुद्ध गरेका थिए । प्रहरीले बल प्रयोग गरी बाटो खुलाएको थियो ।
मेयरमाथि दुर्व्यवहार भएको घटनाको अनुसन्धान गरिरहेको र त्यसमा संलग्नहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक शंकर चौधरीले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी