गौरीशङ्कर बहुमुखी क्याम्पस दोलखाको नयाँ नेतृत्व चयन

दोलखा। गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटको दोस्रो क्याम्पस सभाबाट क्याम्पस सञ्चालक समितिमा अमृत राउत चयन भएका छन् । बुधबार क्याम्पसको ४२ औँ वार्षिक उत्सवको अवसरमा दोस्रो सभाले राउतलाई क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
उक्त सभाले सञ्चालक समितिमा निवर्तमान अध्यक्ष राजेन्द्र मानन्धर र सदस्यहरूमा शंकरलाल श्रेष्ठ, घनश्याम रिजाल, श्रीकृष्ण बस्नेत, गोविन्द मानन्धर, विश्वमणि चौलागाई, रमेश खतिवडालाई चयन गरेको छ । त्यस्तै पदेन सदस्य मा समितिमा डा. जानुका न्यौपाने, रामकृष्ण केसी, रामजी चौलागाईं, सदस्य सचिव–शान्त केसी रहेका छन् भने , जिल्ला समन्वय सीमित, भीमेश्वर नगरपालिका, ३ नम्बर वडा अध्यक्ष, प्राध्यापक संघ अध्यक्ष, विद्यार्थी प्रतिनिधि र त्रिविवि प्रतिनिधि रहेका छन् ।
सभामा बागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष प्रदीप मानन्धर, प्रमुख जिल्ला अधिकारी शेखर पौडेल, नेपाली कांग्रेस पार्टी सभापति वर्मा लामा, नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष भीम दाहाल लगायतको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी