बिराट गोल्डकपको उपाधिका लागि विराटनगर सिटी र केरलाको लुका सकर भिड्दै

बिराटनगर । विराट गोल्डकप फुटबलको उपाधिका लागि विराटनगर सिटी र भारत केरलाको लुका सकर क्लब र भिड्ने भएका छन्। विराटनगरस्थित सहिद रंगशालामा बिहीबार हुने फाइनल खेलमा घरेलु टोली विराटनगर सिटी र पाहुना टोली लुका आमुनेसामुने हुनेछन् ।
खेल सहिद रङ्गशालामा बिहीबार साँझ ६ः४५ बजे हुनेछ । विराटनगरले पूर्वविजेता नेपाल पुलिस र जावलाखेललाई पन्छाउँदै फाइनल यात्रा तय गरेको हो भने केरलाले सङ्कटा क्लब र साविक विजेता एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले हराएर फाइनलमा पुगेको हो ।
मोफसलको सर्वाधिक राशी पुरस्कारको सो खेलका विजेताले २० लाख १५ र उपविजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। यसैगरी, प्रशिक्षक, गोलकिपर, मिडफिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार दिईने आयोजकले जनाएको छ । खेल गत चैत ९ गते देखी सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उरुग्वेका पूर्वराष्ट्रपति मुहिकाको निधन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल
-
दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन
-
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै