देश अस्थिरतातर्फ गइरहेको छ: राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताएका छन् ।
आज राम नवमीको अवसरमा काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू बढेको बताए । उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे ।
अध्यक्ष लिङ्देन देश अझै अस्थिरताको बाटोतर्फ जाने सङ्केत देखिएको बताए । अध्यक्ष लिङ्देनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले सरकार सांस्कृतिक सम्पदाहरूको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिए ।
अध्यक्ष लिङ्देनले आफू सरकारमा रहँदा वि.सं.२०८० सालबाट राम नवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्न आईएमएफसँग सीबीफीनको माग
-
पुँजी बजारमाथि हस्तक्षेप गरेका छैनौँ : अर्थ सहसचिव सुवेदी
-
ॐबारे बोले दीनानाथ : भने–हटाउने कुरा सोच्न पनि सकिँदैन
-
सुदूरपश्चिममा भूकम्पबाट ६ जना घाइते, बझाङमा राजमार्ग अवरुद्ध
-
इटहरी उपमहानगरपालिकाबाट श्रम स्वीकृति सुरु
-
पुँजीबजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीले चासो नदिएको आरोप