देश अस्थिरतातर्फ गइरहेको छ: राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताएका छन् ।
आज राम नवमीको अवसरमा काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू बढेको बताए । उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे ।
अध्यक्ष लिङ्देन देश अझै अस्थिरताको बाटोतर्फ जाने सङ्केत देखिएको बताए । अध्यक्ष लिङ्देनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले सरकार सांस्कृतिक सम्पदाहरूको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिए ।
अध्यक्ष लिङ्देनले आफू सरकारमा रहँदा वि.सं.२०८० सालबाट राम नवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हरायो
-
अख्तियारको धरापमा उच्च पदस्थ
-
अधिकार क्षेत्र बाहिर गई बिरामीको उपचार गर्ने दुई मेडिकल सञ्चालकलाई जनही एक लाख जरिवाना
-
रेस्टुरेन्टको आवरणमा ठगी धन्दा : सुरुचीविरुद्ध पूर्व सेना–प्रहरीले दिए उजुरी
-
सोल्टी होटलमा पूर्वराजपरिवारको १९ अर्बको सम्पत्ति
-
एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत