खेलकुद परिसरको पौडीपोखरी सर्वसाधारणका लागि खुला

काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पौडी पोखरीको शुभारम्भ गरे ।
पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जनाएका छन् । दैनिक ३ सिफ्टमा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान १०–१२ बजे, दोश्रो अपरान्ह १–३ बजे र तेश्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।
व्यक्तिगत प्रति सिफ्ट २ सय, व्यक्तिगत मासिक ४ हजार, व्यक्तिगत त्रैमासिक १० हजार, व्यक्तिगत प्रशिक्षणसहित प्रति महिना ५ हजार र व्यक्तिगत प्रशिक्षणसहति त्रैमासिकको १३ हजार शुल्क तोकिएको छ ।
प्रमुख कट्वालले गत सिजनमा करिब ५० हजार जना पौडी खेल्न आएको र करिब १ करोड आम्दानी भएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग
-
एमडीएमएसमा छुटेका मोबाइल दर्ता गर्न कति शुल्क लाग्छ ?
-
विदेशबाट कति सुन ल्याउन पाइन्छ ?
-
‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’
-
संवैधानिक परिषदबाट सिफारिस भएका व्यक्ति सुनुवाइ समितिमा रोकिन सक्छन् : अध्यक्ष तिमिल्सिना
-
संसदीय सुनुवाइ विशेष समितिको बैठक सिंहदरबारमा