कोकिन कारोबारमा संलग्न दुई भारतीय महिला पक्राउ, नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट तस्करी

काठमाडौँ । प्रतिबन्धित लागुऔषध कोकिन कारोबारमा संलग्न भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट कोकिन तस्करीमा संलग्न दुई जनालाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।
राजधानीबाट पक्राउ पर्नेमा भारत असाम घर भएकी ४६ वर्षीय भनल्वामी र भारतकै अर्कै २९ वर्षीय महिला इस्थर ललिम्पुई रहेका छन् । भनल्वामी दिल्ली हुँदै अफ्रिकाको गिनी पुगेर लागुऔषध नेपाल ल्याएको खुलेको छ । विभिन्न देश घुमेपछि उनले दोहा हुँदै कोकिन ल्याएको अनुसन्धानका क्रममा खुलेको छ।
यसैगरी इस्थर ललिम्पुईले पश्चिम अफ्रिकाको बेनिन भन्ने देशबाट कोकिन ल्याएको खुलेको छ । उनीहरु क्रमशः चैत १३ र १४ गते पक्राउ परेका हुन् ।
उनीहरु दुई जनाको साथबाट ७ किलो ८८७ ग्राम कोकिन बरामद भएको छ । उनीहरुले विदेशबाट कोकिन ल्याउने र स्थलमार्ग हुँदै भारत लैजाने उद्देश्यले तस्करी गरेको खुलेको प्रहरीको भनाइ छ । नेपाललाई ट्रान्जिट बनाएर तस्करीको गिरोहले यस्ता कार्य गर्दै आएको सार्वजनिक हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माता रामप्रसाद रिजाल अस्पताल भर्ना
-
यस्तो छ फिल्म ‘दिमाग खराब’ को नयाँ गीत
-
बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने तयारी, बाँदरबारे निर्देशन चाहिने
-
शिव शिखर सहकारीको अत्तरिया सेवा केन्द्र सिल, कैलालीबाट ३५ सय बढीले दिए उजुरी
-
हेमन्तको ‘निरजाले’ मा आश्मा र सुनिलको अभिनय
-
दसैँमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ–के ल्याउन पाइन्छ, के पाइँदैन ?