बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभाबाट बोनस र लाभांश पारित

बिहीबार, १६ चैत २०७९, १५ : ४२
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार पर्साको वीरगन्जस्थित दियालो लर्डस प्लाजामा साधारणसभा सम्पन्न भएको हो । 

साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

यस्तै कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम साधारण सभाबाट ३.३२५५ बोनस शेयर र ०.१७५ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । 

साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ उन्नाईस चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप