अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक निकायसम्म पुर्याउन सहयोग गरौँ : अध्यक्ष मगर

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायको पहुँचमा पुर्याउन स्थानीय तहले भूमिका खेल्नुपर्ने बताएका छन् ।
बिहीबार ‘अपाङ्ता भएका व्यक्तिहरुको न्यायमा पहुँचका अवरोध पहिचानसम्बन्धी अध्ययन’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्याय दिलाउनका लागि स्थानीय तहहरुले भूमिका खेल्नुपर्ने बताएका हुन् ।
उनले पीडितहरुले कानुनी सहायता खोज्दापनि उनीहरुलाई हतोत्साही बनाउने प्रवृत्ति देखिएको भन्दै त्यस्तो प्रवृत्ति हटाउनुपर्ने बताए । उनले कानुनी प्रक्रियामा गएपछि न्याय पाइन्छ भनेर पीडितहरुलाई विश्वास दिलाउनुपर्ने र कानुनी प्रक्रियामा जान उत्साहित बनाउनुपर्ने बताए । उनले स्थानीय तहहरुले आफ्नो क्षेत्रमा भएका अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक तथा अर्धन्यायिक निकायमा जानका लागि सल्लाह, सुझाव दिनुपर्ने बताए । अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायबाट विमुख गराउनु नहुने उनले बताए ।
उनले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक निकायसम्म जानका लागि घर परिवार भित्रैबाट पनि असहयोग भएको भन्दै त्यसो नगर्न आग्रह गरे । परिवारले न्यायिक निकायसम्म पुर्याउन सहयोग गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष मगरले सार्वजनिक स्थानका भौतिक संरचनाहरुपनि अपाङ्गतामैत्री हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी