जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायव सुब्बा पक्राउ
तिब्बतियनलाई नागरिकता दिएको आरोप
विहीबार, १६ चैत्र २०७९, १६ : ४३
_Fq4XP1DP52.jpg)
काठमाडौँ । प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायव सुब्बा देवराज गौतमलाई पक्राउ गरेको छ । गौतमले तिब्बतियनलाई नागरिकता दिन सहयोग गरेको आरोप छ । नासु गौतमलाई सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी निरजञ्जनदत्त भट्टले रातोपाटीलाई बताए ।
तिब्बतियनलाई नागरिकता दिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ९ मा ५ जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका क्यान्टिन सञ्चालक विजय लामा सहितको ‘सेटिङ’ मा उनीहरुले तिब्बत घर भएका लोब्साङ ठिन्लेलाई नागरिकता बनाइदिएको आरोप छ ।
झापाको कचनाकवल गाउँपालिका–३ घर भएका कृष्णबहादुर कटुवालले नागरिकता बनाउन आवश्यक कागजात बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नागरिकता प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीलाई प्रदूषण मुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
पङ्गु बनाइयो ‘प्लस टु’
-
‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले
-
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान
-
चम्चा र चक्कुमा लाग्यो खिया ? यी सजिला टिप्स काम लाग्नेछन्
-
भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : मन्त्री साउद