निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
विहीबार, १६ चैत्र २०७९, १९ : १०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका अस्पतालमा कार्यरत चिकित्सकले निजी क्लिनिकमा नाम प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले शाखा अधिकृत शेरबहादुर विकले जारी गरेको सूचनामा मन्त्रालय मातहत कार्यरत चिकित्कसहरू मध्ये केही नाम सहमति बेगर विभिन्न निजी क्लिनिकहरूमा पाइएको हुँदा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल मेडिकल काउन्सिल ऐन,२०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४, को नियम २२ मा चिकित्सकको आचारसंहिताको उल्लङ्घन हुने गरी कुनै पनि चिकित्सक निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने जस्ता गैर व्यावसायीक र अनैतिक कार्य नगर्न सूचनामा उल्लेख गरिएको छ ।
चिकित्कसहरूले कुनै कार्य गरेको प्रमाणित भएमा कानुन अनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने
-
एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ: मन्त्री बस्नेत
-
तस्बिरमा हेर्नुहोस् वर्षापछि खुलेको काठमाडौँ
-
एमाले कर्णाली अधिवेशन : अध्यक्षका उम्मेदवार शाह अग्रता बढाउँदै
-
एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : मन्त्री बस्नेत
-
एक वर्षमा ७६६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, एक अर्ब सतहत्तर करोड मागदाबी