हिमालय एयरलाइन्सका ३ जना क्याबिन क्रु बर्खास्त
बिहीबार, १६ चैत २०७९, २३ : ३०

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रुलाई बर्खास्त गरेको छ । उडानकै क्रममा रहेको जहाजभित्र नियम विपरीत फोटो खिचेको तथा भिडियो बनाएको आरोपमा प्राधिकरणले तीन जना विमान परिचारिका (क्याबिन क्रु मेम्बर) लाई कारबाही गरेको हो ।
आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमार्फत सूचना सम्प्रेषण गरेको प्राधिकरणले ती क्याबिन क्रुहरुले उडानभित्रको फोटोग्राफी र भिडियोग्राफीमा क्यानको मापदण्डको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ । यद्यपि, बर्खास्तीमा परेका ती क्याबिन क्रुहरुको परिचय भने प्राधिकरणले गोप्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश