मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सका ३ जना क्याबिन क्रु बर्खास्त

बिहीबार, १६ चैत २०७९, २३ : ३०
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रुलाई बर्खास्त गरेको छ । उडानकै क्रममा रहेको जहाजभित्र नियम विपरीत फोटो खिचेको तथा भिडियो बनाएको आरोपमा प्राधिकरणले  तीन जना विमान परिचारिका (क्याबिन क्रु मेम्बर) लाई कारबाही गरेको हो ।

आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमार्फत सूचना सम्प्रेषण गरेको प्राधिकरणले ती क्याबिन क्रुहरुले उडानभित्रको फोटोग्राफी र भिडियोग्राफीमा क्यानको मापदण्डको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ । यद्यपि, बर्खास्तीमा परेका ती क्याबिन क्रुहरुको परिचय भने प्राधिकरणले गोप्य राखेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप