शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीद्वय राजवंशी र कँडेल सम्मानित

शुक्रबार, १७ चैत २०७९, ०६ : ४२
शुक्रबार, १७ चैत २०७९

मोरङ । विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई बिहीबार नगदसहित सम्मान गरेको छ । 

विराटनगरस्थित सहिद रङ्शालामा विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा दुवैजनालाई जनही रु एक लाख एक हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उनीहरुलाई सम्मान गरेका हुन् ।  

सो अवसरमा मन्त्री राजभण्डारीले खेलाडी मुलुकको गौरव भएकाले उनीहरुको संरक्षण गर्नु सरकारको दायित्व भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप