धनुषामा श्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राज कुमार भट्टको कमान्डमा अटिएको प्रहरी टोलीले १४ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी टोलीले जनकनन्दिनी गाउँपालिका वडा नं. ५ बनरझुलास्थितबाट १४ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । बिहीबार दिउँसो सर्च अपरेसनकै क्रममा स्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी बल्हागोठको सईको कमान्डमा खटिएको संयुक्त चेकजाँच टोलीले जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं. २–०२–००३ प ७०४५ नम्बर को मोटरसाइकल चेकजाँच गर्ने क्रममा रकम फेला परेको हो ।
चेकजाँचको क्रममा चालक धनुषाधाम नगरपालिका वडा नं. २ बस्ने अन्दाजी ५५ वर्षका जोगिन्द्र यादवको साथबाट १० लाख र पछाडि सवार १९ वर्षका कृष्ण साहको साथबाट ४ लाखसमेत गरी जम्मा चौध लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नगद रुपैयाँ, मोसा समेत दुवै जनालाई नियन्त्रणमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महानगरपालिकासहित ७५३ स्थानीय तहलाई २ खर्ब ९५ अर्ब हस्तान्तरण, कसले कति पाए ?
-
कोसेलीका रूपमा विदेश पुग्छ म्याग्दीको रातो च्याउ
-
७ प्रदेशका लागि १ खर्ब ५ अर्ब वित्तीय हस्तान्तरण : कुन प्रदेशले कति पाए ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : अपराधीलाई कारबाहीको माग गर्दै प्रदर्शन (तस्बिरहरु)
-
बजेटबाट कुन कुन व्यवसायले पाए कर छुट र मिनाहा ?
-
कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन