मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रश्नपत्र बाहिरिएको विषयमा मोबाइलसहित २ जना पक्राउ

शुक्रबार, १७ चैत २०७९, ११ : ३७
शुक्रबार, १७ चैत २०७९

बारा । बाराको आदर्श कोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र बाहिररिएको विषयमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षा दिइरहेको विद्यार्थीले मोबाइल परीक्षा हलमा छिराएर प्रश्नपत्रको फोटो खिचेर बाहिर साथीहरूलाई सामाजिक सञ्जालमा पठाएको पाइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।  

 

‘प्रश्नपत्र आउट भएको देखिन्छ तर उत्तर पठाएको देखिँदैन्, यस विषयमा हामीले परीक्षा हलमा बसेर फोटो खिचेर पठाउने एक जना विद्यार्थीलाई मोबाइलसहित र बाहिरका अर्को १ जना गरी २ जनालाई नियन्त्रणमा लिएर अनुसनधान शुरु गरेका छौँ,’ प्रहरी उपरीक्षक बोगटीले भने, ‘प्रश्नपत्र आउट भएपनि बाहिरबाट उत्तर भित्र आएको देखिँदैन ।’ एसईई परीक्षा शुरु भएको १५ मिनेटमै प्रश्नपत्र बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको नेतृत्वको टोलीले सो विद्यालयमा पुगेर छानविन शुरु गरिसकेको जनाइएको छ ।

 

प्रजिअ सापकोटाले प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा आकस्मिक बैठक बसेर अनुसन्धान शुरु भइसकेको बताए । एसईईको पहिलो दिन आज अंगेजी विषयको परीक्षा सञ्चालन भएको  थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप