कर्णालीमा माओवादी संसदीय दलको बैठक : विश्वासको मत एमालेसँग पनि माग्ने

सुर्खेत । आज दिउँसो तीन बजे कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिँदैछन् । त्यसैलाई लक्षित गरेर माओवादी संसदीय दलको बैठक बसेको छ । ११ बजेबाट सुरु भएको बैठक सकिएको छ । बैठकमा अहिलेलाई विश्वासको मत लिएर जाने र त्यसपछि मात्रै सरकारबारे निर्णय गर्ने कुरा भएको छ । माओवादी संसदीय दलका सचेतक रणसिं परियारले अहिले विश्वासको मत लिएर जाने र मुल रुपमा केन्द्रमा भएको गठबन्धनलाई आधार मानेर नेपाली कांग्रेसँग सहकार्य गरेर अगाडि बढ्ने कुरा भएको बताए ।
बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, माओवादी प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल सहभागी थिए । परियारले औपचारिक रुपमा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने कुरा अब नरहेको बताए । ‘यद्यपि मत चाँहि माग्ने नै भइयो,’ उनले थपे ।
यसअघि एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए । यद्यपि केन्द्रमा चुनावी गठबन्धन ब्युँतिएपछि प्रदेशमा पनि त्यही अनुसारको सत्ता सहकार्य हुने करिब निश्चित जस्तै देखिएको छ । यद्यपि अहिलेसम्म नेपाली कांग्रेसले भने निर्णय गरेको छैन । औपचारिक निर्णयका लागि यतिबेला कांग्रेस संसदीय दलको बैठक जारी छ । एमालेले भने कांग्रेसको निर्णयलाई पर्खेको छ । एमालेले २ बजे दलको बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : मन्त्री साउद
-
बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’
-
चिनियाँ तीन यात्री अन्तरिक्ष प्रस्थान
-
बालेन शाहको सांसदलाई व्यङ्ग्य : सांसद विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो
-
गणतन्त्रवादी रामराजाप्रसाद सिंहको त्यो राजतन्त्रविरोधी आवाज
-
प्रधानन्यायाधीश लगायतका नियुक्तिका लागि सुनुवाइ छिटो गर्नुपर्नेछ : सभामुख घिमिरे