समाचार
मिटरब्याज पीडितहरू लाइन लागेर पुगे बालुवाटार
शनिबार, १८ चैत्र २०७९, ०९ : २९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलको लागि मिटरब्याज पीडितहरु लाइन लागेर बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीले छलफलको लागि बोलाएपछि पीडितहरू हिँडेरै बालुवाटार पुगेका हुन् । मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएका हुन् ।
काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ । पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे आज बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।