‘फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड २०२३’ हुने
काठमाडौँ । ‘फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड २०२३’ आयोजना हुने भएको छ । केटिएम अनलाइन टेलिभिजन तथा संगेन कम्पनी लिमिटेडको संयुक्त आयोजनामा अवार्ड हुन लागेको हो ।
आइतबार आयोजित एक कार्यक्रममा कलाकार पुरन जोशी, धीरेन शाक्य, रमेश उप्रेती, सविन श्रेष्ठ, प्रवण भुषाल, हाँस्य कलाकार उत्तम केसी, चलचित्र कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, कलाकार कृष्ण सिवाकोटी, धर्मेन्द्र आचार्य लगायतको उपस्थिीतमा अवार्ड घोषणा गरिएको हो ।
अग्रज कलाकारलाई सम्मान गर्ने र नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियोको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको अवार्डमा नेपाली तथा जापानी लोकसंस्कृति सम्बन्धी सांस्कृतिक कार्यक्रम समेत आयोजना हुनेछ । अवार्डमा नायक, नायिका, निर्देशक, गायक, गायिका, उत्कृष्ट छायाँकार, गीतकार, संगीतकार लगायतको बिधा समेटिएको छ ।
अगामी बैशाख ३० गते आयोजना हुने अवार्डको निर्णायक टोली भने अहिले सार्वजनिक गरिएको छैन । अवार्डमा कलाकार, श्रष्ठा तथा सर्जकहरुलाई समेत ‘कला साधक’ सम्मान दिइने आयोजक संस्थाका विशाल बिष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण