यी हुन् बाल अन्धोपनका संकेत
बुधबार, २२ चैत २०७९, १३ : ३४
काठमाडौँ । बालबालिकामा हुने धेरैजसो अन्धोपन हटाउन सकिन्छ । बालबालिकामा हुने ८० प्रतिशत अन्धोपन उपचार गरेर हटाउन सकिने दृष्टि विशेषज्ञ डा. सञ्जीव भट्टराई बताउँछन् ।
नेपालमा ०.०६ प्रतिशत बालबालिका बाल अन्धोपन देखिने गरेको उनले बताए ।
डा.भट्टराईका अनुसार अन्धोपन आउँदा यस्ता संकेत देखिन्छ :
–आँखाको नानीको कालो भाग सेतो देखिने
–आँखा रातो हुने
–आँखाबाट पानी आउने
–आँखामा चोटपटक लाग्दा, जन्मजात मोतीबिन्दु हुँदा, आँखाको क्यान्सर हुँदा पनि आँखामा अन्धोपन आउन सक्ने सक्छ ।
डा.भट्टराईले बच्चा जन्मेको ६ महिना, २ वर्ष, ५ वर्ष गरी कम्ती तीन पटक आँखाको जाँच गर्न सुझाव दिएका छन् ।
बच्चालाई उपयुक्त आहार खुवाउने, उपयुक्त पावरको चस्मा लगाउने, चोट पटकसम्बन्धी जनचेतना फैलाएमा बालबालिकामा हुने आँखाको अन्धोपनबाट जोगाउन सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको हत्याको षड्यन्त्र गरेको आरोपमा अफगान नागरिकविरुद्ध मुद्दा दायर
-
के तपाईँ आफ्नो बच्चामा लजालुपनको कारण त बन्दै हुनुहुन्न ?
-
एमाले महासचिव पोखरेललाई भ्रातृशोक
-
के तपाईँ हतारमा खाना खानुहुन्छ ? यी समस्या निम्त्याउँदै हुनुहुन्छ
-
५ सय सब्सक्राइबरसँग पनि युट्युबबाट पैसा कमाउन सकिन्छ, यसरी गरिन्छ च्यानलको समीक्षा
-
पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने