नयाँ वर्षमा टुँडिखेलमा कुटुम्बले कन्सर्ट गर्ने
काठमाडौँ । नेपाली संगीत प्रेमीहरुको माझ कुटुम्ब ब्याण्ड स्थापित ब्राण्ड हो । देश तथा विदेशमा समेत चर्चित कुटुम्बले नयाँ बर्ष २०८० को दिन अर्थात वैशाख १ गते काठमाडौँको टुँडिखेलमा कन्सर्ट गर्ने भएको छ । कन्सर्टमा कुटुम्बले नयाँ वर्षको स्वागत गर्दै नयाँ कोसेली सहित दर्जन बढी गीतहरु प्रस्तुत गर्नेछ । नेपाली नयाँ वर्षलाई सांगीतिक तवरबाट स्वागत गर्न टुँडिखेलमा कन्सट गर्न लागेको कुटुम्बले बताएको छ ।
कुटुम्बको कन्सर्टको अलवा उक्त दिन टुँलिखेलमा योगा, ध्यान र उत्सवको ‘ओशो महोत्सव’ पनि आयोजना हुँदैछ । ओशो तपोवनको सहकार्यमा ओम नेपाल मिडियाले यो महोत्सव गर्न लागेको हो । कार्यक्रममा कुटुम्बले आफ्नो नयाँ सांगीतिक कोसेली सार्वजनिक गर्ने कार्यक्रम समेत छ । विहान ९ बजेदेखि राति ९ बजेसम्म हुने महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु रहने महोत्सव संयोजक भवन भट्ट स्वामीले बताए ।
एकदिने ओशो महोत्सवध्यान, मेडिटेशन, योगा, गायन, नृत्य, लाईभ म्युजिक, लाफिंङ्ग मेडिटेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहशन लगायतको संगालो समारोह हुने’ तपोवनका प्रवक्ता निराजन भण्डारीले भने । महोत्सव निशुल्क अवलोकन गर्न पाइने आयोजक पक्षले जनाएको छ । साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्ने ओशो तपोवन कार्यक्रम संयोजक शोविता सिंखडाले बताइन् । महोत्सवलाई चलचित्र पत्रकार संघ नेपालले मिडिया संयोजन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण