नेशनले ल्याए ‘चैतको डढेलो’
काठमाडौँ । गायक नेशन पुनको नयाँ गीत ‘चैतको डढेलो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले पोखराबाट गीतको भिडियो सार्वजनिक गरेका हुन् । डिजिटल बजारमा नेशनको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतमा डेकेन्द्र श्रेष्ठको शब्द र श्याम महर्जनको संगीत छ । विशन थापाले निर्देशन गरेको भिडियोमा नेशनसँगै सुष्मी पुन फिचर्ड छन् । म्याग्दीको घोरेपानी क्षेत्रमा छायांकन भएको भिडियोमा त्यहाँको जीवनशैली उतारिएको छ ।
‘उता भने चैतको डढेलोले वन खायो
यता भने तिम्रै पिरतीले मन खायो...’
गीतमा तामाङ सेलो र रक फ्युजन गरिएको छ । ‘चैतको डढेलो’ बाछ आशावादी रहेको नेशन बताउँछन् । उनले भने, ‘अहिलेको ट्रेन्डमा यस्ता खालका गीत हराइसक्यो । तामाङ सेलो र रकको फ्युजन भएकाले रुचाउनुहुनेछ ।’ नेशन नेपाल आइडलको उत्कृष्ट ५ मा पर्न सफल भएका थिए । त्यसपछि उनको सांगीतिक करियर उकालो लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण