चर्चित रक ब्याण्ड ‘द स्याडोज नेपाल’ को लाइभ कन्सर्ट पोखरामा
काठमाडौँ । चर्चित रक ब्याण्ड ‘द स्याडोज नेपाल’ ले पोखरामा नयाँ वर्षमा पोखरामा प्रस्तुति दिने भएको छ । पोखराको लेकसाइड स्थित प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा बैशाख २ गते दर्शकहरुलाई तताउने छ ।
‘द स्याडोज नेपाल’ का चर्चित गीतहरु ‘स्वर्गमा ठाउँ छैन’ ‘नयाँ नेपाल’, ‘हिँड्ने मान्छे लड्छ’, ‘धर्ति माथिको बोझ’, ‘आठ दिन’, ‘अवसाद’, ‘नारी’ ‘पाप’, ‘के पाइस नेपाली ?’ लगायतका गितले दर्शकहरुलाई झुमाउने छ ।
कार्यक्रमलाई उत्कृष्ट बनाउन आफुहरु लागेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले बताए । उनले कार्यक्रम भब्य हुनेमा बिश्वस्त रहेको उनले बताए ।
सन् १९९७ मा स्थापना भएको चितवनको ब्याण्ड ‘द स्याडोज नेपाल’ सक्रिय रहेको छ । नेपाल सहित विभिन्न देशमा व्याण्डले कन्र्सट गर्दै आएको छ । ब्याण्ड सन् २००३ मा ‘सुन हाम्रो आवाज’ एल्बम मार्फत सांगीतिक ब्यवसायमा आएको थियो ।
उसले पहिलो सांगितिक कन्सर्ट नेपालको हेटौंडामा गरेको थियो । ब्याण्डमा स्वप्निल शर्मा (भोकल) प्रकाश रसाईली (लिड गीतार) अमित प्रधान (बेस गीतार) सुजन मानन्धर (गीतार) साहिल रीसेल (ड्रम) रहेका छन् । अहिलेका भोकलिस्ट स्वप्निल शर्माभन्दा अगाडि बसन्त श्रेष्ठ भोकलिस्ट रहेका थिए ।
साँझ ८ बजे देखि मध्यरातसम्म चल्ने कार्यक्रममा लाइभ कन्सर्टमा व्याण्डले चर्चित गीतले मनोरञ्जन दिने छन् । कार्यक्रमको टिकट अग्रिम अनलाइनबाट पहिले नै टेबल बुकिङ गर्न सकिने म्यानेजर हरी पौडेलले बताए । करिब १ सय ५० टिकट विक्रि भैसकेको उनको भनाई छ ।
उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट १ हजार क्यान वियर र डोर सेलमा १ हजार रुपैया पर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण