शाे नपाएपछि फिल्म ‘बुलाकी’ हलबाट फिर्ता लिने निर्माताको घोषणा
काठमाडौंँ । फिल्म ‘बुलाकी’ को प्रदर्शन आजबाट रोकिने भएको छ । निर्माता बिराज विष्टले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म ‘बुलाकी’ हलबाट निकाल्ने घोषणा गरेका हुन् । प्रदर्शकले फिल्मलाई राम्रो सो नदिएको उनको आरोप छ ।
‘हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौँ’, निर्माता विष्टले फेसबुकमा दर्शकसँग क्षमा माग्दै लेखेका छन्, ‘सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरी जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी विल्कुल मान्न तयार छैनौँ ।’
फिल्म नयाँ वर्षको अवसर पारेर शुक्रवारबाट प्रदर्शनमा आएको थियो । प्रदर्शन अगाडि गरिएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो । लक्ष्मण सुनार निर्देशित फिल्ममा सुरक्षा पन्त, बिराज विष्ट, नरेन खड्का लगायतको मुख्य अभिनय रहेको छ । फिल्मले कर्णाली भेगको जारी प्रथा कथावस्तुको रूपमा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण