दूधको पैसा नतिरेपछि बुटवलका पसलमा किसानले दिए धर्ना
सोमबार, ०४ वैशाख २०८०, १२ : ५५
रुपन्देही । रुपन्देहीको बुटवलस्थित कस्तुरी मिष्ठान्न भण्डार र पाठक दूध डेरीले दूध खरिद गरेको रकम नतिरेपछि किसानहरु विरोधमा उक्रिएका छन् । किसानहरु पसलमै आएर धर्ना दिएका छन् । रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दूध बेचेका किसानहरु धर्ना दिन आएका हुन् ।
लामो समयसम्म दूधको पैसा नदिएपछि सहकारीले किसानलाई आन्दोलनमा उतारेको हो । सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेका अनुसार कस्तूरी मिष्ठान्न भण्डारले १३ लाख ७० हजार ४ सय र पाठक दूध डेरीले ११ लाख ६० हजार तिर्न बाँंकी छ । पटक–पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्कयाउँदै आएकाले
अनिश्चितकालीन धर्नामा उन्रिनुपरेको सहकारीका अध्यक्ष घिमिरेले बताए ।