सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्रीको प्रस्ताव : एमालेलाई तीनवटा संसदीय समितिको नेतृत्व दिऔं

काठमाडौँ । सत्ता गठबन्धनबीच संघीय संसदको विषयगत समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि समेटेर जाने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेलाई तीनवटा संसदीय समितिको नेतृत्व दिने प्रस्ताव राखेका थिए ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाले सहमति जनाएका छन् । सोमबार बिहान बालकोटमा प्रधानमन्त्री प्रचड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । संसदीय मोर्चामा एमाले मिलेर जाने ढंगले प्रस्तुत भएको भन्दै प्रधानमन्त्री प्रचण्डले बैठकमा बिफ्रिङ गरेका थिए ।
संसदीय समितिको नेतृत्वका लागि एमालेसँग सहमति जुटेपछि सत्ता गठबन्धनमा भागबण्डा गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । संघीय संसदमा, संसदीय सुनुवाई समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक लेखा समिति र विकास तथा प्रविधि समिति र शिक्षा तथा स्वास्थ्य समिति अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक समिति रहेका छन् ।
पाण्डेले भने,‘प्रमुख प्रतिपक्षलाई सार्वजनिक लेखासमितिका अलवा अरु समितिको नेतृत्व पनि दिएर सहमति गरेरै जाने सल्लाह भएको छ । प्रतिपक्षले तीनवटासम्म समितिको नेतृत्व पाउनसक्छ । प्रधानमन्त्रीले प्रतिपक्षलाई तीनवटा समितिको नेतृत्व दिने धारणा बनाएको सुनाउनुभयो ।’
एमालेले संसदीय सुनुवाई समिति र लेखा समितिमा मुख्य दाबी गरेको पाइएको छ । कांग्रेसले ४, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा र एकीकृत समाजवादीले एक एक संसदीय समितिको नेतृत्व पाउने सम्भवना छ । उनले भने, ‘संसदीय समितिको भागबण्डा भएपनि कुन समितिको नेतृत्व कसले गर्ने भन्नेमा धेरै छलफल भएन । फेरि छलफल गरेर टुंगोमा पुग्ने कुरा भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला