कुसुमको हातमा कहिले पर्ला फिल्म ?
काठमाडौँ । हिजोसम्म गुमनाम नाम थियो कुसुम शर्मा । आज भने जो कोहीले उनलाई चिन्छ । सामाजिक सञ्जालदेखि मिडियासम्ममा केही दिनयता उनकै चर्चा छ । उनको चर्चा गायक प्रकाश सपूतको ‘सकम्बरी’ बोलको गीतका कारण भएको हो । गीतको भिडियोमा उनले नै ‘सकम्बरी (फूलमाया) को भूमिका निर्वाह गरेकी हुन् । भिडियोको चर्चा र विवाद एकाठाउँमा छ । अर्काेतिर भने उनले पर्दाका लागि निडर भएर निर्वाह गरेको भूमिकाले वाहवाही पाइरहेको छ । त्यसकारण पनि उनको अहिले फिल्म अभिनय मोह पलाएको छ ।
हालै रातोपाटीसँगको कुराकानीमा पनि उनले अब फिल्म अभिनय गर्ने बताएकी थिइन् । ‘भाग्यले कहाँ पुर्याउँछ भन्न सक्दिनँ । फिल्म अवसर आए मिस गर्दिनँ’ उनले अगाडि भनेकी थिइन् ‘म्युजिक भिडियो अभिनयले धेरैको मन छोयो । फिल्मको अफर अवश्य मिल्छ ।’ उनले भने झै ‘सकम्बरी’ अभिनयले उनी मेकर्सको आँखामा त परेकी छन् । तर फिल्म अभिनय गर्न उनको चाहना भएर मात्र हुँदैन । निर्माता निर्देशकले उनलाई फिल्म अफर पनि दिनुपर्छ । अहिलेसम्म त उनलाई कुनै फिल्मको अफर भने मिलिसकेको छैन । त्यो अवसर मिल्छ, मिल्दैन वा कहिले मिल्छ अहिलै भन्न सकिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई हप्ताभित्र इरानमाथि पूर्ण विजयको घोषणा हुने ट्रम्पको दाबी
-
‘मिस्टर एण्ड मिस लिटिल कोशी’का लागि ५८ बालबालिका छनोट
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण