तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा
शुक्रबार, ०८ वैशाख २०८०, ११ : ४८

तनहुँ । तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा ६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय हेक्टरमा खेती भइरहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी जिल्लामा चैते धान खेती बर्सेनि घट्दै गएको बताउँछन् । “यो चैते धान रोपाइँ गर्ने समय हो, हालसम्म करिब ७० प्रतिशत रोपाइँ सकिएको छ”, उनले भने, “बर्षेनि चैत धान खेती हुने जमिन कम हुँदै गएको छ ।”
लामो समयदेखि वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ । गाउँबाट युवाहरु विदेशिँदा जनशक्तिको अभावमा खेती गर्ने परम्परा हराउँदै जान थालेको उनको बुझाइ छ । चैते धान प्रायः चिउराका लागि प्रयोग गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्लासँग ४० करोड डलर मूल्यका सवारी साधन किन्दैछ ट्रम्प प्रशासन
-
पोखरेली माझ गुञ्जदै स्वप्न सुमन
-
एकथरी तत्त्वहरूले व्यवस्थालाई पछाडि फर्काएर निरंकुशतातर्फ लैजाने कोसिस गरिराखेका छन् : प्रचण्ड
-
किन पाकिस्तान आए एर्दोगन ?
-
प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन
-
ऋषभ पन्तको सट्टा प्रशिक्षकको रोजाइमा परे केएल राहुल