ज्योति विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ स्थित जहरसिंपौवामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सो क्रममा निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सञ्चालन गरियो ।स्वास्थ्य शिशिवमार्फत ६५ जना भन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बैंकले जनाएको छ ।
जन स्वास्थ्य सरोकार ट्रष्ट, लप्सेफेदी स्वास्थ्य चौकी, काठमाडौं मोडेल हस्पिटल र किर्तिपुर हस्पिटलको सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको होे ।
कार्यक्रममा बैंकका तर्फबाट कम्पनी सचिव तथा प्रमुख बजार व्यवस्थापन अधिकृत बलदेव थापा, शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, शंखरापुर वडा नं.०३ का वडा अध्यक्ष सुर्य बहादुर तामाङ लगायत विभिन्न संस्था तथा निकायका पदाधिकारीहरु, कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका २५ एसएसपीको पदस्थापन
-
प्रहरीका १७ एसपीको सरुवा, पर्सामा गौतम मिश्र
-
प्रहरीका १८ जना एसएसपीको सरुवा, काठमाडौँमा विश्व अधिकारी
-
जनप्रेम माविमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
-
हर्क साम्पाङप्रति महेश बस्नेतको टिप्पणी : अख्तियारले बयानमा बोलाएपछि विछिप्त भए
-
१० बजे १० समाचार : राजेन्द्रलाई धवलको चुनौतीदेखि चुनावी लडाइँमा क्रान्तिकारीसम्म