सांगीतिक व्याण्ड ‘अमध्यम’ को नयाँ गीत ‘बैंशालु’ सार्वजनिक
काठमाडौंँ । बुटवलको सांगीतिक व्याण्ड ‘अमध्यम’ ले नयाँ गीत ‘बैशालु’ सार्वजनिक गरेको छ । ब्याण्डका सदस्य सुजल रानाको स्वर रहेको गीतमा ओमशंकर श्रेष्ठको शब्द छ । गीतको भिडियो द नेक्स्ट लेभल प्रोडक्सन टिमले तयार पारेको छ । जसमा यशोदा क्षेत्री, अभिषेक गैरी, सवनम काफ्ले, सम्मन शर्मा, सविना क्षेत्री, ओरियल थापा, तारा केसी, बिमा थापा मगर, अर्जुन कार्की, सोम गुरुङ, सिशान्त पाण्डे, अंकित राना, उत्सव मगर, निश्कल कालिराज लगायतको अभिनय छ ।
आकाश धिमाल र रमेश रिजालको निर्देशन, आकाश धिमालको छायांकन, सम्पादन भिडियोमा छ । गीतमा भने विजय विश्वकर्माको बेस गीतार, सेठ सुनार र कमल कार्कीको ड्रम, सन्ध्या रसाइलीको ब्याक भोकल पनि छ । यो व्याण्ड बुटवलमा अशोक थापाले सन् २०१६ स्थापना गरेका हुन् । उनी अहिले व्याण्डको व्यवस्थापन गरिरहेका छन् । वैकल्पिक फोक रक व्याण्डका रुपमा स्थापित व्याण्डले सन् २०२१ मा ल्याएको एल्बम ‘लक्ष्य’ मा रहेको ‘चाचाहुइँ’ बोलको गीतले राम्रो चर्चा पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण