९७ करोड बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै राष्ट्र बैंक
शुक्रबार, १५ वैशाख २०८०, १४ : ३३
काठमाडौँ । केन्द्रीय बैंकले ९७ करोड ७५ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । ५ वर्षे वैदेशिक रोजगार बचतपत्र, २०८५ जारी गर्ने भएको हो । इच्छुक नेपाली रोजगारहरुले उक्त बचतपत्रमा लगानी गर्न सक्नेछन् । बचतपत्रमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम् १० हजार रुपैयाँदेखि अधिकतममा १० हजारले भाग गर्दा निःशेष भाग लाग्ने उच्च अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । यस्तो बचतपत्रमा विदेशमा रोजगारीमा रहेका वा रोजगारीबाट फर्केको छ महिना पूरा नभएका नेपाली नागरिकले लगानी गर्न सक्छन् । आवेदन जेठ १७ गतेसम्म दिन सकिन्छ भने बचतपत्रको बिक्री जेठ २४ गते हुनेछ ।
बचतपत्रको ब्याज भने ६६ महिना अर्थात् अर्धवार्षिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण