‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ घोषणा
काठमाडौँ । भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ घोषणा गरिएको छ ।
यो वर्ष ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ गायनतर्फ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिने गायक भक्तराज आचार्यका छोरा स्वरुपराज आचार्यले जानकारी दिए । उनका अनुसार पुरस्कार राशि जनही रु ५० हजार छ ।
गत वर्षदेखि कमजोर आर्थिक अवस्था भएको तथा औषधि उपचार गर्नबाट वञ्चित भएका सङ्गीतकर्मीलाई दिन सुरु गरिएको ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलावादक भिपी सिंहलाई प्रदान गरिने उनले जानकारी दिए । यसको पुरस्कार राशि रु २५ हजार छ ।
यही वैशाख २३ गते आयोजना गरिने विशेष साङ्गीतिक समारोहमा सम्मान तथा पुरस्कार प्रदान गरिने गायक आचार्यले बताए। “नेपाली साङ्गीतिक क्षेत्रमा लामो समयदेखि अनवरत रूपमा काम गरिरहेका सङ्गीतकर्मीलाई थप काम गर्ने प्रेरणा मिलोस् भनेर हामी हरेक वर्ष यो सम्मान गर्दै आइरहेका छौँ । आगामी दिनमा यसलाई अझै समयानुकूल बनाउँदै अगाडि बढ्ने छौँ”, गायक आचार्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण