थप ७६ जनामा सङ्क्रमण पुष्टि
शनिबार, २३ वैशाख २०८०, १६ : ३४
काठमाडौँ । देशभर थप ७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ६०३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १ तथा एन्टीजेन विधिबाट ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर रहेका पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १३७ पुगेको छ ।
सक्रिय सङ्क्रमितमध्ये २४ जनाको संस्थागत आइसोलेसनमा तथा १२ जनाको आईसीयूमा उपचार भइरहेको छ । नेपालमा हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई प्राणायम, ध्यान र योगासनमा किन लगाउने ?
-
युगान्डाकी धाविकालाई जलाएर मार्ने प्रेमीको पनि मृत्यु
-
डलरको उच्च दरले अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?
-
दिवा खाजामा स्थानीय रैथाने उत्पादन समावेश गर्ने विषयमा सुझाव माग
-
अपडेट : मुख्यमन्त्रीसँगको छलफलपछि भोलि बिहानसम्म रोकियो कुर्मीको राजीनामा
-
प्रभु साहको प्रश्न– सरकार दुध नदिने गाई हो, कर तिरेर किन पालिरहने ?