रुसको आन्तरिक संरचनामा हमला गर्ने कुनै सोच छैन : जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आन्तरिक संरचनामा हमला गर्ने आफ्नो कुनै योजना नभएको स्पष्ट पारेका छन् ।
उनले यो बयान जर्मनीमा दिएका हुन् । जर्मनीका चान्सलर ओलाफ शोल्जसँगको कुराकानीमा जेलेन्स्कीले भने, ‘युक्रेनले रुसी जमिनमा हमला गरिरहेको छैन । हामी जवाफी हमलाको तयारी मात्रै गरिरहेका छौँ ताकि आफ्नो जमिनलाई गैर कानुनी जफतबाट मुक्त गराउन सकियोस् ।’
ओलाफले पनि युक्रेनलाई आवश्यक सहयोग गर्ने बताएका छन् । उनले भने, ‘युक्रेनलाई जबसम्म सहयोग चाहिन्छ, तबसम्म जर्मनीले सहयोग गरिरहनेछ ।’
जर्मनीले युक्रेनलाई २.७ अर्ब युरोको नयाँ हतियार दिने बचन दिएको छ । यसमा जर्मनीको अत्याधुनिक लेपर्ड ट्याङ्क र एन्टी एयरक्राफ्ट ट्याङ्क समावेश छन् ।
अघिल्लो वर्ष युद्ध सुरु भएपछि युक्रेनले सबैभन्दा धेरै हतियार पाउन लागेको यो पहिलो पटक भएको जेलेन्स्कीले बताएका छन् ।
सुरुमा जर्मनी युक्रेनलाई हतियार र अन्य सामग्री दिन हिचकिचाएको थियो । तर अब उसले पहिलाको तुलनामा युक्रेनलाई दोब्बर मद्दत गर्न लागेको छ ।
युक्रेनले लगातार आफ्नो आन्तरिक संरचनामा हमला गरिरहेको रुसले आरोप लगाउँदै आएको छ ।
रुसले अघिल्लो हप्ता क्रेमलिनमा ड्रोन हमलाको आरोप लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु