‘वेलकम टु हेम्जाकोट’ २६ जेठमा प्रदर्शन हुने
काठमाडौं । फिल्म ‘वेलकम टु हेम्जाकोट’ जेठ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था ग्लोजअपसिने प्रोडक्सनले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो ।
यस अगाडि २०७९ को तिहारको छेकोमा प्रदर्शनमा ल्याउने तयारीमा रहेको यो फिल्म प्राविधिक कारण प्रदर्शन सरेको थियो ।
तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको फिल्म सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन् ।
फिल्ममा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा लगायतका कलाकारको अभिनय छ ।
केही अगाडि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको फिल्मको आइटम डान्स ‘मायाको रेडियो’लेदर्शकको मन जितिसकेको छ ।
पोखरामा रहेको पर्यटकिय स्थल हेम्जाकोटमा खिचिएको फिल्मले स्थानिय स्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ । मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा रहेको फिल्म दिर्घ गुरुङले छायांकन गरेका हुन् । फिल्म सुनिल मानन्धरले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
-
स्वास्थ्य मन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच शिष्टाचार भेटवार्ता
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण