गृहमन्त्री र उपप्रधानमन्त्री भएकाहरु चिसो छिँडीमा रुँदै बसेका छन् : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाका कारण भ्रष्टाचार र भ्रष्टाचारीहरू बढ्दै गएको बताएका छन् ।
सोमबार ५९ औं विद्यार्थी दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले संसदीय व्यवस्थामा असल मानिसपनि सिंङ पुच्छर उमारेर निस्कने गरेको बताए ।
‘जनयुद्ध र १९ दिने जनआन्दोलनमा जीवनको दाउ थापेर लड्नेहरु के हो यो ? किन उनीहरु नेपाली जनताअगाडि टिक्न सक्दैनन् ? यो भनेको दलाल पुँजीवादी सत्ताको समस्या हो’, महासचिव विप्लवले भुटानी शरणार्थी प्रकरणमा ठुला दलका ठुला नेता नै मुछिएकोप्रति आक्रोश व्यक्त गरे ।
‘हिजोसम्म गृहमन्त्री र उपप्रधानमन्त्री भएर देशको नेतृत्व गरेका मान्छेहरु आज करौडौको खेलमा भ्रष्टाचारमा जाकिएका छन् । उनीहरु आज जेलको चिसो छिँडीमा रुँदै बस्नुपरेको छ’, विप्लवको भनाइ छ ।
उनले अहिले सामन्तवाद परास्त भएपनि साम्राज्यवादविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था रहेको बताए । ‘अहिले सामन्तवाद परास्त भएको छ । तर साम्राज्यवादीहरुको हस्तक्षेप छ । हामीलाई उनीहरु मान्छे होइन, दास बनाउन चाहन्छन् । यो लडाइँमा युवा विद्यार्थीले कुन बाटो लिने कता जाने ? यो ९० लाख विद्यार्थीको भविष्यको कुरा छ’, युवा विद्यार्थीलाई मुलुकको हितको पक्षमा उभिन विप्लवले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएस बङ्गला दुर्घटनासम्बन्धी २० थान रिटमा सर्वोच्चको आदेश : विचाराधीन अर्को मुद्दा किनार लागेपछि पेस गर्नू
-
गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
जेसिवी प्रयोग गरेर पुरिएको गाडी खोजिदै
-
नेतृत्व चयन प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्छ : हरिबोल गजुरेल
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनले १६ मुद्दा हेर्न नभ्याइने
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा