बालकृष्ण खाणलाई प्रश्न– मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो ?

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणले पक्राउ पर्नुअघि नै आफ्नो मोबाइल ‘फ्याक्ट्री रिसेट’ गरेको भेटिएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग कनेक्सन देखिएपछि पक्राउ परेका खाणलाई अनुसन्धान अधिकृतहरूले मोबाइल ‘फ्याक्ट्री रिसेट’ गरेको बारेमा प्रश्न गरेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयमा सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतहरूले खाणलाई प्रश्न गरे–‘तपाईँको मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो ?’ बयानमा खाणले भनेका छन्– ‘फोन गर्दा र उठाउँदा कता थिचियो होला, प्राविधिक कुरा हुनाले मलाई थाहा भएन ।’
खाणले आफू पक्राउ पर्ने संकेत पाएसँगै मोबाइल रिसेट गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । बयानमा खाणले भनेका छन्–‘फोन मेरो हो, प्राविधिक कुरा थाहा छैन ।’ २७ वैशाखमा खाण मैजुबहाल स्थित घरबाट पक्राउ परेका थिए । शरणार्थी प्रकरणमा खाणसहित १६ जना प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले आरोपीहरूबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी सेनामा भर्ती भएका ४ नेपालीको मृत्यु
-
नेपाल प्रहरीले भन्यो-‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’
-
शाहरुखसँग चाँडै नयाँ फिल्म गर्ने सलमानको खुलासा
-
प्लास्टिक 'चपाइदिने' इन्जाइमले कम गर्ला विश्वको फोहोर ?
-
सुरुङबाट मञ्जित बाहिर आएपछि आमाले भनिन्, ‘यी १७ दिन १७ वर्षजस्तै बिते’
-
निबन्ध : श्रीमती अर्थात् श्रीमान्का मति सुधारक