प्रमुख सहरमा भूमिगत विद्युत् वितरण प्रणालीलाई विस्तार गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले देशका प्रमुख सहरहरूमा भूमिगत विद्युत् वितरण प्रणालीलाई बिस्तार गर्ने भएको छ ।
शुक्रवार सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । सरकारले सबै प्रकारका नवीकरणीय ऊर्जालाई राष्ट्रिय प्रसारण लाइनमा समावेश गर्ने भएको छ ।
त्यस्तै चुरे, तराई र मधेसमा नदी प्रणालीमा आधारित एकीकृत व्यवस्थापन र संरक्षण का क्रियाकलापहरू थप प्रभावकारी रूपमा अघि बढाउने भएको छ । त्यस्तै प्रत्येक प्रदेशको कम्तीमा एक नदी प्रणालीमा नमुना एकीकृत संरक्षण कार्यक्रम सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
त्यस्तै सरकारले ऊर्जा नीतिलाई समसामयिक बनाउने, नदीको उपल्लो तटीय क्षेत्रमा जलाशयका आयोजना निर्माणमा जोड दिने, ठुला र जलाशययुक्त आयोजना निर्माण गर्न प्राथमिकता दिने, ठुला जलविद्युत आयोजनाहरूमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने, बुढीगण्डकी जलविद्युत आयोजना प्राथमिकताका साथ अघि बढाउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘फेरि रेशम फिलिली’को पहिलो गीत ‘ग्रीन कार्डैमा’
-
सपना अधूरै छाडेर अस्ताए चुङ्बा
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-
गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे निःशुल्क भिसा निर्णयको विरोध
-
पोखरामा पाँचौँ टाइगर कप हुँदै, पुरस्कार राशि बढ्यो
-
हिउँदे अधिवेशनबाट शिक्षा ऐन पारित गराउन कांग्रेस महामन्त्रीलाई ध्यानाकर्षण