पाठकमाझ हिरण्य भोजपुरेको ‘मुसुक्क म’

काठमाडौँ । लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकहरु माझ आइपुगेका छन् । पब्लिकेशन नेपालले भोजपुरेको पुस्तक ‘मुसुक्क म’ प्रकाशित गरेको हो ।
एक सय ८ वटा लघुकथाहरुको यो संग्रहका अधिकांश कथाहरु एउटा पानामै सकिएका छन् । अझ कतिपय त एक दुइ अनुच्छेदमै अभिब्यक्त भएका यी कथाहरुको सिंगो संग्रह एक बसाइँमै पढिसकिने हिसाबले तयार भएको नेपालयको भनाइ छ । डेढ सय पृष्ठको पुस्तकलाई तीन सय ५५ रुपैयाँ मूल्य राखिएको छ ।
नेपाली संगीतको फाँटबारे जानकारी राख्नेहरुका लागि हिरण्य ‘भोजपुरे’ परिचित नाम हो । साढे पाँच दसकअघि नेपालमा केहि तन्नेरीहरु मिलेर साँगीतिक समूह ‘लेकाली’ जन्माएका थिए । त्यसमा विशेषगरि भोजपुरेबाहेक गणेश ‘रसिक’ र पछि भोजपुरेकै श्रीमती निर्मला श्रेष्ठ लगायतको उपस्थिती थियो ।
भोजपुरकै ट्याम्के डाँडाको ओतमा जन्मे हुर्केका भोजपुरे र रसिकले ‘लेकाली’मार्फत् दिएको योगदानबाट आजसम्म पनि नेपाली संगीत प्रभावित छ । उनीहरुले विशेषगरि लोक र आधुनिक नेपाली संगीतको माध्यमबाट आफ्नैखाले स्वाद विकास गरेका थिए ।
भोजपुरेको सिर्जनशिलता भने पिताको जागिरका सिलसिलामा मकवानपुरतिर रहँदा उनले २०२२ सालमा लेखेको ‘छहराको गीत’बाट सुरुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैन : सांसद वाग्ले
-
बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
-
अर्थतन्त्रमा देखिएका समस्या सरकारको टालटुले जवाफले सुधार हुँदैन : पूर्वअर्थमन्त्री पौडेल
-
नेप्से १७ अंकले घट्यो, १ अर्ब १९ करोडको कारोबार
-
सानिमा बैंकद्वारा दराजसँग ‘दसैँ धमाका’ योजनामा विशेष छुट दिने सहकार्य
-
पश्चिम नेपालमा भूकम्पको धक्का