ए भेरी (कविता)
बुधबार, १० जेठ २०८०, १७ : ३०

ए भेरी !
के छ तिम्रो खबर ?
जसरी तिमी बगिरहेछौ वर्षौंदेखि
त्यसैगरी बगिरहेछन् नवराजहरूका लास वर्षौंदेखि
तिमी फुटाउँछौ पहाड, पर्वत, कन्तरालाई
त्यसरी नै फुटाइरहेका छन् लाखौँ दलितको टाउको यहाँ वर्षौंदेखि
तिमी सिञ्चित गर्छौ जमिनहरुलाई
अनि उम्रन्छन् बिरुवाहरु रुखहरु रमाउँछन् चराहरू
त्यसैगरी सिञ्चित गरिदेउ मानिसका विषाक्त
मष्तिष्कहरुलाई
अनि फुल्न देउ समताका फुलहरु....।
ए भेरी !
तिमी बग्दा कति स्वतन्त्र छौ
तर तिमी कसैको घर पुग्यौ भने तिम्रो पनि जात बन्नेछ
तिम्रो पनि सिमाना कोरिनेछ
मान्छेलाई हेरी हेरी व्यवहार गर्नुपर्नेछ
एक थरी मानिसका पीडा तिमीलाई बुझ्न दिइनेछैन
ए भेरी !
तिम्रो बर्खे बहावजस्तै
मडारिनुपर्छ अब विद्रोहका विचारहरू
तिमीले फुटाएको पहाडजस्तै
ढाल्नुपर्छ अब जात व्यवस्थाका पर्खालहरू
नत्र बगिरहनेछन् धेरै नवराजका लासहरू ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीलाई १० माग पेश
-
६ महिनामा २२ वटा भूकम्पको धक्का, सुदूरपश्चिममा मात्रै १५ वटा
-
समाजवादी जागरण अभियान : तीन दिनमा १३ सभा
-
नीति, निर्देशनमा दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
-
पुँजी बजारमाथि हस्तक्षेप गरेका छैनौँ : अर्थ सहसचिव सुवेदी
-
ॐबारे बोले दीनानाथ : भने–हटाउने कुरा सोच्न पनि सकिँदैन